प्रचण्ड – नेपाल समुहमा बिबाद बनाय बेग्ला बेग्लै रणनीति

 

६ पुस, बिराटनगर ।ओली समूह संग बिबाद बढे पछि बेग्लिए नेकपा बनेको प्रचण्ड- नेपाल समुहमा पनि सहमति बन्न सकेको छैन| प्रदेश १ को बुधबार बस्ने प्रदेशसभा बैठक अवरुद्ध हुने सम्भावना बढेको छ । सत्तारुढ दल नेकपाका दुई समूहले एक-अर्कालाई निषेध गर्ने निर्णय गरेसँगै बैठक अवरुद्ध हुने सम्भावना बढेको हो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले बुधबारदेखि सुरु हुने प्रदेशसभा बैठकमा दलको नेताको हैसियतमा मुख्यमन्त्री शेरधन राईलाई बोल्न नदिने निर्णय गरेको छ ।मंगलबार नै बसेको ओली समूहको संसदीय दलको अनौपचारिक बैठकले प्रचण्ड-माधव समूहका १६ सांसदलाई संसदीय गतिविधि गर्न नदिने निर्णय गरेको छ ।
‘बहुमत सदस्यले मुख्यमन्त्रीलाई दलको नेताबाट हटाएकाले मुख्यमन्त्रीले बुधबार दलको नेताको हैसियतमा प्रदेशसभामा सम्वोधन गर्न नपाउने प्रचण्ड-माधव समूहका नेता इन्द्रबहादुर आङ्बोले बताए । ‘मुख्यमन्त्रीले दलको नेताको हैसियतमा बोल्न पाउनुहुन्न,’ उनले भने ‘दलको नेताको हैसियतमा भीम आचार्यले बोल्नुहुन्छ ।’मंगलबार बसेको बैठकले मुख्यमन्त्री शेरधन राई विरुद्ध दर्ता भएको प्रस्तावलाई पास गराउन सबै प्रतिपक्षीदलसँग सहकार्यका लागि छलफल अगाडि बढाउने निर्णयसमेत गरेको उनले बताए ।
अर्कोतर्फ निलम्वनमा परेका सदस्यलाई संसदीय गतिविधिमा सहभागी हुन नदिने ओली समूहले बताउँदै आएको छ । आफ्ना सांसदलाई अवरोध गर्न खोजिए संगठित रुपमा प्रतिवाद गर्ने आचार्यले बताए ।

ओली समूहले भीम आचार्य, इन्द्रबहादुर आङ्बोसहित १६ जनालाई तीन महिनाका लागि निलम्वन गरेको छ । मंगलबार संसदीय दलको बैठक बोलाए पनि अन्तिम समयमा स्थगित गरेको ओली समूहले अनौपचारिक छलफल गरेको थियो ।
ओली समूहकै अर्का एक नेताले भने संसदीय परम्परा अनुसार निलम्बित सदस्यहरुलाई प्रदेशसभाको बैठकमा सहभागी हुनबाट रोक्न आफूहरुले नमिल्ने भएता पनि सभामुखसमक्ष यसबारे आग्रह गरिने बताए । उनले भने, ‘हामीले नै रोक्न त नमिल्ला, तर उनीहरुलाई निलम्बन गरिएको विषयमा सभामुखलाई स्मरण गराइने छ ।’बुधबार २ बजे प्रदेशसभा बैठक बस्दैछ । त्यसअघि, सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको छलफल बोलाएका छन् । मंगलबार दिनभरि दलका प्रतिनिधिहरुसँग परामर्श गरेका सभामुख भण्डारीले बुधबार बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।
वागमती प्रदेशमा चाँहि अविश्वासको प्रस्तावबारे छलफल गर्न कार्यविधि बनाउने गृहकार्य भइरहे पनि प्रदेश १ मा त्यस्तो कार्यविधि बनाउने कुनै गृहकार्य भएको छैन । प्रदेश १ मा जस्तो वागमतीमा एक-अर्कावीच कारवाही गरागर नभएकाले प्रदेशसभाको बैठक सहज रुपमा अघि बढ्ने अवस्था रहेको नेताहरु बताउँछन् । तर, प्रदेश १ मा एक अर्काले कारवाहीको घोषणा गरेर निशेष गर्ने बाटो अख्तियार गरेको स्रोतले बतायो ।

प्रकाशित भएको : January 20th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु