
प्रतिगमन”
कामरेडहरु,
जब क्रान्ती र क्रान्तिका सपनाहरु
सिंह दरबार देखि शितल निवासका
छत,छतमा सुताईयो
कहिले मन्त्रीका नाममा सुताईयो
कहिले मेरा नाममा सुताईयो
कहिले तेरा नाममा सुताईयो
आखिर,अन्तत
भागबन्डा कै नाममा सुताईयो
हो त्यति नै बेला देखि हो
प्रतिगमन जुरमुरायको।
उ त संसद
र दरवारभित्रका
भित्ता भित्तामा
दाउ पर्खदै छुपेको थियो।
हामिले नै उस्को हात समाएर
कुर्सीमा बसाएका थियौं
रोष्टममा उभाएका थियौं।
र प्रतिगमनलाई मलजल गरेका थियौं।
प्रतिगमनले त त्यतिखेर जरा गाढिसकेको थियो।
जतिखेर सयौं निर्मला र सम्झनालाई न्याय चाईयो भन्दै
माईतिघरमा चिच्चाई चिच्याई आवाज उठाउँदा
एक निर्मला
शितल निवाशबाट
सपक्क परेर
चिटिक्क परेर
लावा लस्कर सहित
(siren)साईरन बजाउँदै आउँछिन र
ती न्यायका आवाजलाई
निर्मम रुपमाsilence पारेर जान्छिन।
प्रतिगमन त त्यतिखेर हुर्कन थालिसकेको थियो
जतिखेर रामबिलाश जस्ता युवाले
क्वारेन्टाइनमा जिन्दगिको एक चिम्टी
भिक मागिरहदा।
सिंहदरवार बाट एक ईश्वर झुल्किन्छन
अनि कोरोना किटको नाममा अरबौ ॐनिलाई ठम्माउदै भन्छन
” लेउ यो लाखौं रामबिलाशका नाममा Killing सुपारी।”
प्रतिगमन त त्यतिखेर फुल्दै थियो
जब युवाहरुले
अत्तिभो
खत्तीभो
१०अर्व खै?
भनेर प्रश्न गर्दा
लाठी लगाईयो
बुड बझारियो।
हाड्डि तोडियो
ठ्याकै त्यति नै खेर
बालकोट बाट
७०करोडको कोट टल्काउँदै
गोकुलेश्वर भन्दै थिय
“सरकारलाई हेप्नी?”
प्रतिगमन त त्यतिखेर फल्दै थियो
जतिखेर उखु किशानहरु घरबार बिहिन भई
माईतिघरको चौबाटोमा छाती च्याप्ट्यायर पल्टिदै गर्दा
बालुवाटार बाट लालपुर्जा लल्कार्दै
गुलियो चियाको चुस्की लगाउँदै
मुसुक्क हाँस्दै
बिष्णुदेव भन्छन
“म पनी हो सुकुम्बासी।”
प्रतिगमन त त्यतिखेर पाकिसकेको थियो
डोल्पाको सुत्केरी बेडमा
छटपटाई रहेकी डोल्मा
वाईटबडीको आवाज पर्खिरहिन
तर यता सिंह दरवारले
अरबौको चितामा राखेर
वाईडबडी र डोल्मा दुबैलाई
धुवाँमा उडाईदियो।
र त आज मुर्खताका साथ
भन्छ प्रतिगमन
यी जनता हैन
यो संसद हैन
यो संविधान हैन
जे म भन्छु त्यो मान
म औंला घुमाउछु
तँ त्यसरी नै पाईला चाल
नत्र,,,
नत्र
सबै सर्वनाश
सर्वनास।
प्रतिगमन त उहिले नै गलिसकेको थियो।
जतिखेर
बयानामा अरबौं मागी
महाकाली
छिमेकी मालिकको
पाउमा चढाईयो
अनि ब्याजमा
मिर्गौलाको उपचार।
प्रतिगमन त त्यतिखेर झरिसकेको थियो
जब महाकाली पारि कक्षा ७की मायाले
आफ्नै लिम्पियाधुरा उत्तरपुस्तिकामा उतार्छु भन्दा
बालुवाटारका बाघले
“पख तँलाई”
भनेर हप्काउनु हप्काए।
प्रतिगमन त त्यतिखेर कुईसकेको थियो
जतिखेर गायकै बोलेकै भरमा
पशुपतिलाई पछार्ने र
लेखेकै भरमा भिम उपाध्यायलाई
जेलको भिसा लगाईयको थियो।
कामरेडहरु
अब फेरि
एकपटक
उठौँ,जागौँ,लडौँ
ऐक्यबद्ध हौं।
अनि यो सडिसकेको प्रतिगमन
निश्चयपनि
पौराणिक कथा बन्नेछ।।
प्रतिकृया दिनुहोस्