ओली मलामी त बनाऊ!!!

 

दिपक भट्टराई
आफ्नै अस्मिता माथी आक्रमण गर्छौ भने
छोरी आमा हरु बलात्कार गर्छौ भने
कथाले तिमिलाई नपुंसक बनाईदिएको छ ।
तिमी दाजुभाईलाई लुट्छौ र भुट्छौ भने ।
हेर ती जङी पिलर बारम्बार सारिरहदा
नक्सा काटेर जन्मदिन मनाउछौ भने ।
के रहयो त तिमी माथी भरोसा
आफ्नै चिहान खन्छौ भने
बस तिमी जाउ तर सगै सबैलाई लिएर नजाउ ।
जाउ एक्लै जान्छौ भने ।
मलामी को समेत पैतालामा तिर रोप्ने तिमी
छोरी आमा को योनिबाट तप तप रगत चुहिरहदा
उल्टै पल्टाई घोच्ने तिमी ।
आउ सुध्र कालिदास पनि ऋषि भए
राम राम आफ्नैचिहान खन्छौ भने ।।

प्रकाशित भएको : February 13th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु