विभूति शिक्षा सदनमा निःशुल्क आँखा शिविर सम्पन्न

 

प्रकाश अधिकारी
पोखरा–२ फागुन । पोखरा–१५,रामबजार स्थित विभूति शिक्षा सदनले वसन्त पञ्चमीको अवसरमा निःशुल्क आँखा शिविर तथा ‘विशेष अक्षरारम्भ तथा सरस्वती पूजा’ सम्पन्न भएको छ । एक सय दश बिमारिले प्रतक्ष्य लाभ लियको प्रिन्सिपल विनोद कुमार अधिकारीले बताउनु भयो |

साविकको लेखनाथ विभूति बोर्डिङ स्कुल र हिमालयन आँखा अस्पताल पोखराको संयुक्त आयोजना तथा पोखरा महानगर पालिका १५ नं वड कार्यलयको समन्वयनमा फागुन ४ गते उक्त कार्यक्रम गरियको हो । पूर्वीय दर्शनका व्याख्याता गुरु चैतन्य कृण्णको प्रमुख आतिथ्यतामा सरस्वती पूजा, विषेश हवन तथा अक्षरारम्भ भएको छ । कार्यक्रममा वडा नं १५ भित्रका विभिन्नस्थानिय टोलबिकास संस्था, आमा समुह तथा युवा क्लबहरुको सकृय सहभागिता रहेको थियो |
नव नियुक्त प्रिन्सिपल विनोद कुमार अधिकारीले विभूति शिक्षा सदनलाई आगामि ५ वर्षमा पोखराकै नमुना विद्यालय बनाउने उद्घोष गरे । आर्य कलेज काठमाण्डौका निर्वमान प्रमुख समेत रहेका अधिकारी नेपालकै पहिलो कान्छा क्याम्पस प्रमुख समेत हुन् । विद्यार्थीले पोखरामा रहेर अन्तर्राष्ट्रिय स्तरको जिवन उपयोगी शिक्षा पाउने उनले बताए । नर्सरी देखी कक्षा १० सम्म सञ्चालित विद्यालयलाई विश्वविद्यालय सम्म पुर्याउने महोत्वकांक्षी योजना समेत उनले सुनाए । संस्कृत दर्शनका ज्ञाता अधिकारीले आधारभुत तहदेखिनै बैदिक शिक्षा सुरु गरिने समेत बताए ।

नवनियुक्त विद्यालय संचालक समिती अध्यक्ष गोपाल प्रसाद भट्टराईले व्यावसायिक, सीपमुलक तथा प्राविधिक शिक्षा आजको आवस्यकता भएको बताउँदै फरक सोच, शैली र नयाँ व्यावस्थापनका साथ पोखराबाट विश्वबाजरमा प्रतिस्पर्दा गर्ने जनशक्तmी उत्पादन गरिने बताए । नेमका चर्चित आइ क्यु शिक्षक समेत रहेका भट्टराइले जीवन उपयोगी सीप तथा वैदेशिक भाषा अध्ययनको केन्द्ररुपमा पनि विद्यालयको योजना सुनाए । उनले जीवन उपयोगी तालिम अन्र्तगत आगामि शैक्षिक सत्रबाट सेक्युरेटी तालिम, बोल्ने कला तथा आधारभूत पत्रकारीता विषय अध्ययन, कोरियन ,जापानिज, चाइनिज र फेन्च मध्ये कुनै एक भाषा अध्ययन सुरु गरिने बताए ।
विद्यालयका संस्थापक प्रचार्य रेखा थापा कार्कीले विभुति शिक्षा सदनमा अध्ययन गर्ने विद्यार्थीहरुले विद्यालय शिक्षा संगै पोखरामा रहेर अन्तर्राष्ट्रिय स्तरको जिवन उपयोगी शिक्षा लिन पाउँने खुसीको कुरा भएको बताइन् । अर्का संस्थापक तथा शिक्षासेवी सुशिला केसी अधिकारीले विद्यालय स्थापना देखि हाल सम्म प्राप्त उपल्वधीहरुले निकै उत्साह थपेको बताउँदै प्रदेशकै नमुना विद्यालयको रुपमा विकास गर्न सकिने बताइन् ।
२०५१ सालमा स्थापना भएको विद्यालयमा हाल करिब चार सय विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् भने ३५ जना शिक्षकहरुले अध्यापन गराईरकेका छन् । नयाँ व्यावस्थापनका साथ संचालनमा आएको विद्यालयले वैदेशिक भाषा, मोबाइल मर्मत, सफ्वयेर निमार्ण, कम्प्युटर प्रोग्रामिङ् , डिजिटल मिडिया तथा मार्केटिङ, फोटो तथा भिडियो ग्राफी तालिम समेत विद्यालयमै दिने छ ।संस्थापक अजुर्न कार्की लक्ष्मी कार्की लगाएको उपस्थीति रहेको कार्यक्रमको सञ्चालन विज्ञान शिक्षक नविन पौडेलले गरेका थिए ।

प्रकाशित भएको : February 17th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु