भारतमा बस दुर्घटना ५१ को मृत्यु ४ बेपत्ता

 

५ फागुन, काठमाडौं । क्षमताभन्दा धेरै यात्रु बोकेर सीधी बाटसतानको लागि हिडेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

मध्यप्रदेशको सिधी जिल्लामा मंगलबार बिहान बस दुर्घटना भएको थियो । सो बस सिधीबाट सतना जाने क्रममा सरदा गाउँ नजिक २२ फिट गहिरो बाणसागर नहरमा खसेको थियो।दुर्घटनास्थलबाट ५१ जनाको शव निकालिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । ७ जना सकुशल छन् भने चार जना हराइरहेका छन् ।
चालक पौडिएर नहरबाट बाहिर निस्किएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बसमा क्षमताभन्दा धेरै यात्रु रहेकाले दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ । ३२ जना क्षमताको सो बसमा चालकसहित ६२ जना सवार थिए ।

प्रकाशित भएको : February 17th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु