विभूती पोखराको नमूना निजि विद्यालय : जहाँ संस्कृत पढाईन्छ !

 

पोखरा । विभूति शिक्षा सदनमा सरस्वती पूजाको पावन अवसरमा बिषेश हवन, अक्षरारम्भ तथा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

कार्यक्रमको समुद्घाटन गदै पूर्वीय दर्शनमा व्याख्याता गुरु चैतन्य कृण्णले सुसंस्कृत बन्न संस्कृत भाषा अध्ययन अनिवार्य हुनुपर्ने बताए । उनले निजि विद्यालयहरुमा नेपाली बोल्दा दण्ड गरिने प्रवृति गलत भएको भन्दै अहिलेको आवस्यकता संस्कृत, नेपाली र अंग्रेजीको फ्युजन भएको बताए ।
बालस्य पञ्चमे वर्षे प्राप्ते भानौ मृगादिगे ।
आरभेताक्षरविधिं शुभेकाले यथोदिते ।।
संस्काररत्नमालाको श्लोक सुनाउँदै गुरु सुर्यप्रसाद नेपालले विषेश हवन गराए भने अक्षरारम्भको महत्व र विधिहरु सिकाए । अक्षरारम्भमा अक्षरहरु चिनाउन सुरु गरिन्छ । यस संस्कारले बालकलाई असत् प्रवृत्तिबाट मोडेर सत् प्रवृत्तितिर लगाउँछ । उनले भने “बालकको मस्तिष्क शिक्षा ग्रहण गर्न योग्य भएपछि उसलाई शास्त्रीय विधिअनुसार शुभ दिनमा अक्षरारम्भ गराउनुपर्छ ।”
यता कार्यक्रमका विशिष्ट अतिथी महानगर कार्यपालिका सदस्य तथा १५ नं वडाका अध्यक्ष प्रकाश पौडेलले भागवत् गीता श्लोक सुनाउँदै मानिसलाई नैतिक र चरित्रवान बन्न सुझाए । सत्चरित्र र अनुशासन नै विद्यार्थीको सफलताको द्योतक भएको भन्दै उनले विद्यालयले अनुशासन सगै व्यावहारिक एवम जीवनउपयोगी सीप सिकाउन आवस्यकता औँल्याए ।

निःशुल्क आँखा शिविर : दुई सय बढी लाभान्वित
विभूति शिक्षा सदनमा सरस्वती पूजाको पावन अवसरमा बिषेश हवन, अक्षरारम्भ तथा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरबाट दुई सय बढी विद्यार्थी एवम् अभिभावकहरु लाभान्वित भएको शिविरका संयोजक शिक्षक गोपाल अर्यालले जानकारी दिए । हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, वडा न १५ को समन्वयन र विभिन्न टोल विकास संस्था , आमा समुह र युवा क्लबहरुको सहकार्यमा सम्पन्न भएको शिविरबाट २ सय ९ जना आँखाका विरामी लाभान्वित भएका हुन् । हिमालयन आँखा अस्पतालका नेत्र सहायाक दिपिका गुरुङले विद्यार्थीहरूमा कुनै जटिल समस्या नदेखिएकाे सारङ्गी न्युजलाई जानकारी दिईन् ।

पाँच वर्षमा नमूना विद्यालय– प्रिन्सिपल विनोद अधिकारी
विभूति शिक्षा सदनका नवनियुुतm प्रिन्सिपल विनोद कुमार अधिकारीले आगामी पाँच वर्षमा पोखराकै नमूना विद्यालय बनाउने उद्घोष गरे । प्रिन्सिपल अधिकारीले विद्यार्थीले पोखरामा रहेर अन्तर्राष्ट्रिय स्तरको जिवन उपयोगी शिक्षा पाउने गरी उनले आगामी शैक्षिक सत्रदेखि नै कक्षा एक देखि संस्कृत भाषा अध्ययन सुरु गरिने बताए । संस्कृत दर्शनमा आर्चाय उनले क्रमश विद्यालय तहसम्मै वैदिक शिक्षा लागु गरिने बताए ।
नवनियुक्त विद्यालय संचालक समिती अध्यक्ष गोपाल प्रसाद भट्टराईले व्यावसायिक, सीपमुलक तथा प्राविधिक शिक्षा आजको आवस्यकता भएको बताउँदै फरक सोच, शैली र नयाँ व्यावस्थापनका साथ पोखराबाट विश्वबाजरमा प्रतिस्पर्दा गर्ने जनशक्ती उत्पादन गर्ने सपना पुरा हुन लागेको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि एवम् वडा न १५ का अध्यक्ष प्रकाश पौडेलले विद्यालयको महत्वकांक्षी योजनामा वडाको संधै साथ रहने बताए ।
कार्यक्रममा विद्यालयका संस्थापक शुशिला केसी अधिकारी,साकुरा मन्टेश्वरीका प्रचार्य शर्मिला प्रधानाङ्ग, लक्ष्मीटोल विकास महिला समुहका अध्यक्ष,टक देवी पुन, कालिका मन्दिर परिषर आमा समुह अध्यक्ष माया भण्डारी केसी, चर्चित हाँस्यकलाकार शिवहरि नेपाल लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा हाँस्यकलाकार शिवहरि नेपाल ठेकेदार, अस्मिता बस्नेत गौँथली , रविन दाहाल रिठ्ठेका साथमा नगरि हुन्न टेलीफिल्मका कलाकारहरुले चेतनामूलक नाटक प्रस्तुत गरेका थिए भने विद्यालयका विद्यार्थीहरुले विविध साँस्कृत कार्यक्रम प्रस्तुत गरेका थिए

प्रकाशित भएको : February 19th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु