फेरी पनि दोधारमा वामदेव

 

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाले नेपालको राजनीति सहि ट्रयाकमा हिँड्ने बताएका छन्।

‘सर्वोच्च अदालको फैसला नेपाली जनताको भावना, संविधानको मर्म अनुसार छ’ गौतमले भने, ‘यो फैसला स्वागतयोग्य छ। खुसी छु। अदालतलाई बधाई छ।’ उनले अब नेपालको राजनीतिमा नेकपालाई एकीकृत गरेर सहि दिशा दिनुपर्छ। म त्यसमा प्रयत्न गर्दछु। पार्टी मिलाउँछु।’
साझँ सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयलाई बदर गरेको छ। २ महिना लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले सर्वसम्मत रूपमा संसद विघटन गर्ने निर्णय बदर गरेको हो।मंगलबार साँझ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सुनाएको आदेशमा १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधि विघटन गरेकी थिइन्।
ओलीको कदम असंवैधानिक रहेको भन्दै सर्वोच्चमा अलग-अलग १३ वटा रिट निवेदन दर्ता भएको थियो। ती सबै रिटलाई एकसाथ हेर्दै डेढ महिनादेखि संवैधानिक इजलासमा सुनुवाई हुँदै आएको थियो। साथै सर्वोच्च अदालतले प्रतिनिधिसभाको बैठक १३ दिनभित्र बोलाउन परामादेश जारी गरेको छ। मंगलबार संसद् विघटन गर्ने सरकारको निर्णयलाई बदर गर्दै सर्वोच्चले सरकार, सभामुख र राष्ट्रपतिका नाममा परामादेश जारी गरेको छ।
सर्वोच्चको यो निर्णयसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा ‘ब्युँतिएको’ छ। प्रधानन्यायाधीश जबराले निर्णयको व्यहोरा वाचन गर्दै बहुमत प्राप्त प्रधानमन्त्रीलाई संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताए।

प्रकाशित भएको : February 23rd, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु