प्रचण्ड यो युगको सर्बमान्य र दूरदर्शी नेता :बामदेव गौतम

 

पुस ५ गते संसद विघटन पछि आफ्नो छुट्टै धार बनाउन राष्ट्रिय भेला सम्म गरेका नेकपाको उपाध्क्ष बामदेब गौतमले देशले एउटा दुरदर्शी र असल अविभावकको रुपमा प्रचण्डलाई पायको बतायको छन् |

नेकपाका उपाध्यक्ष वामदेव गौतमले संसद विघटनविरुद्ध अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालेको कदम सही सावित भएको बताएका छन्। अब पार्टी एकीकरणको सबैभन्दा बढी पहल पनि प्रचण्डले नै गर्नुपर्ने गौतमले बताए।
‘उहाँले (प्रचण्डले) चाल्नुभएको कदम सही सावित भएको छ। केपी ओलीले चाल्नुभएको कदम गलत सावित भएको छ र त्यो असंवैधानिक छ भनेर भन्ने छ। यस्तो अवस्थामा फेरि पुनः पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो,’ न्युज एजेन्सी नेपाल एनएएनसँग कुरा गर्दै गौतमले भने।
संसद विघटन गर्ने ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिसकेकाले अब ओलीले पार्टीमा आत्मालोचना गर्दै तुरुन्तै राजीनामा गर्नुपर्ने उनले बताए।‘प्रधानमन्त्री ओलीले चाल्नु भएको कदम असंवैधानिक भइसकेपछि आफूलाई सच्याउनको निम्ति राजीनामा तुरुन्तै गर्नुपर्छ। हिजै राजीनामा गर्नुपर्थ्यो,’ गौतमले भने, ‘मैले गल्ती गरेको थिएँ, म आफूलाई सच्याउन चाहन्छु त्यसैबापत मैले राजीनामा गरिसकेको छु र अब नयाँ किसिमले एकताबद्ध भएर अगाडि बढौं भनेर उहाँले भन्नुपर्छ।’

प्रकाशित भएको : February 24th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु