एकै परीवारका आठ जना नेपालीमा कोरोना संक्रमण

 

भारतको मुम्बईमा बस्दै आएका नेपालीको परिवारमा कोरोना भाइरस संक्रमण फैलिएको छ ।

एकै पसरवारका ८ जना नेपालीमा कोरोना संक्रमण देखिएसँगै भारतमा रहेका नेपालीमध्ये १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको गिरगाउँ चौपाटीमा रोजगारी गरेर बस्दै आएको नेपाली परिवारमा उक्त संक्रमण देखिएको हो ।

अछाम घर भएर हाल मुम्बईमा रहेको सो परिवारका २ दाजुभाइ, उनीहरूका श्रीमती र ४ बालबालिकामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित सबैको स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाइएको छ ।

उनीहरु केहीको मुम्बईकै कस्तुरवा अस्पतालमा उपचार भइरहेको छ भने केही आइसोलेसनमा रहेका छन् ।

यसअघि भारतको बैंग्लोर बस्दै आएको एक नेपाली दम्पतीसहित चार नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित भएको : April 11th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु