के आई लाग्यो यो सबैको ढोका चाहर्दै हिड्नुपर्ने :प्रचण्ड

 

१३ फागुन, काठमाडौं । सर्बोच्च अदालतले संसद पुनर्स्थपना गरे पछि प्रचण्डको दौडधुप निकै बढेको छ |

माधवकुमार नेपाल लाई संगै लिगेर उनि कहिले देउवा त कहिले जसपाको नेता भेट्न कुदिरहेको देखिन्छन| यो भन्दा अगाडिको राजनीतिक घटना क्रम लाई आफ्नो निवास बाट नै सल्टाउने गरेका प्रचण्ड आफ्ना निकटवर्ती संग के आई लग्यो यो कुन्नि बिहानैदेखि बेलुकी सम्म ढोका ढोका पुग्नु परेको छ भन्न थालेको स्रोत ले बतायको छ नेकपा प्रचण्ड–माधव समूहले जनता समाजवादी पार्टी (जसपा)सँग मिलेर जाने प्रस्ताव राखेको छ ।
संसद पुनस्र्थापना भएसँगै सबै दलहरुसँग छलफल अगाडि बढाएको प्रचण्ड–माधव समूहका शीर्ष नेताहरुले बिहीबार जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेका हुन् । ‘उहाँहरुले मिलेर अगाडि जानुपर्छ भन्नुभयो,’ जसपा नेता राजेन्द्र महतोले भने, ‘हामीले केपी ओलीको प्रतिगमन त सच्चियो । संविधान बनाउने बेला भएको प्रतिगमन कहिले सचिन्छ भनेर भनेका छौं ।’
यसअघि प्रचण्ड–माधव समूहका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए । नेताहरुका अनुसार संसद विघटनविरुद्ध आन्दोलन गरेका शक्तिहरु मिलेर जानुपर्छ भन्ने मनसायका साथै दलहरुसँग छलफल भएको हो ।

प्रकाशित भएको : February 25th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु