ओलीलाई प्रचण्डको काउन्टर धेरै नउचालिनोस थेचारिनु पर्छ भन्ने थाहा छैन ?

 

१३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको अध्यक्ष प्रचण्ड नेपाल लाई संकेत गर्दै राजिनामापनि नदिने र संसदीयदलको बैठक पनि नबोलाउने चेतवानी दियको केहि घण्टा भित्रै प्रचण्डले काउन्टर जबाफ दिनु भयको छ |

केहि मानिसहरु अहिले पनि उचालिरहेको देखेको छु तिनीहरुलाई पछारिनु अझ बाकी नै छ भन्ने कुरा याद नभयर होकी साथी हरुले सम्झीरहनु पर्ने भयो उनले भने |बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बिहीबार जनता समाजवादी पार्टीका नेताहरुसँग परामर्श गरे । दुबै दललाई प्रचण्ड र माधवको प्रस्ताव छ, ‘सबै मिलेर अगाडि बढौं ।’
प्रचण्ड–माधव समूहका नेताहरुका अनुसार मिलेर अगाढि बढ्ने प्रस्ताव नयाँ सरकार गठनका सन्दर्भमा राखिएको हो । र, दुबै दलले पार्टीमा छलफल गर्ने प्रचण्ड–माधवलाई जवाफ दिएका छन् । अब नयाँ सरकार गठनका लागि प्रचण्ड–माधव समूह, कांग्रेस र जसपा एक ठाउँमा उभिने सम्भावना रहेको नेताहरुको दाबी छ ।
नयाँ सरकार गठनका सन्दर्भमा प्रचण्ड–माधवको सोच के छ ? यसबारे जान्न हामीले यो समूहका केही नेताहरुलाई भेट्यौं । अनौपचारिक कुराकानीका क्रममा नेताहरुले पार्टीको प्रस्ताव सुनाए, सर्वोच्च अदालतको आदेशअनुसार प्रतिनिधिसभा (संसद)को बैठक बसेकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव टेबल गर्ने र कांग्रेस–जसपासँग मिलेर संयुक्त सरकार बनाउने ।
,पहिलो दिन नै अविश्वासको प्रस्ताव टेबल,, प्रधानमन्त्री ओलीले संसद विघटन गरेकै दिन पुस ५ मा नेकपाका ९० सांसदले संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । यद्यपि यो अविश्वासको प्रस्तावको वैधतामाथि प्रश्न उठेको छ । सो प्रस्तावमा उल्लेखित प्रस्तावित प्रधानमन्त्रीको नाम पनि परिवर्तन हुन सक्छ ।
संसद सचिवालयका अनुसार यो सभामुख अग्निप्रसाद सापकोटाको निर्णयमा भर पर्छ । यस विषयमा सभामुख परामर्शमै छन् । बिहीबार सभामुख सापकोटालाई भेटेका प्रचण्ड–माधव समूहका सांसद सुरेन्द्र पाण्डे भन्छन्, ‘जुनबेला (अविश्वासको प्रस्ताव) दर्ता भयो, त्यो बेला संसद विघटन भइसकेको थियो । त्यसकारण उक्त प्रस्ताव आफैँ एक्टिभ हुन्छ कि हुँदैन बुझ्नुपर्छ ।’
नयाँ प्रस्ताव दर्ता गर्नुपर्ने अवस्था आए पनि आफूहरु तयार रहेको प्रचण्ड–माधव समूहका नेताहरु बताउँछन् । उनीहरुका अनुसार कांग्रेस र जसपासँग हुने सत्ता समीकरणको सहमतिले पनि नयाँ अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने हुनसक्छ । र, यस्तो अविश्वासको प्रस्ताव अब बस्ने संसदको पहिलो बैठकमा नै टेबल गर्ने प्रचण्ड–माधव समूहको रणनीति छ । नभए सरकारले एकतर्फीरुपमा संसदको अधिवेशन अन्त्य गर्न सक्ने नेताहरुको आशंका छ ।
संविधानको धारा १०० को उपधारा ४ अनुसार दर्ता हुने अविश्वासको प्रस्ताव बहुमतले पास भएर प्रधानमन्त्री केपी शर्मा ओली स्वतः पदमुक्त हुनेछन् ।

प्रकाशित भएको : February 25th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु