कोरोनाबाट मुक्त भएपछि गाँजा खेति सुरु गरीहालौं जस्ले अर्थतन्त्रमा राम्रो भुमिका खेल्छ

 

कुनैपनि मुलुक संकटको बेला त्यो राष्ट्र कति स्वाभिमान पूर्वक उभिन सक्छन् भन्नका लागि त्यस राष्ट्रको कृषि उत्पादन कस्तो छ, त्यसमा भर पर्छ ।

यदि कुनै राष्ट्र कृषि उत्पादनमा आत्मनिर्भर छ भने जस्तोसुकै संकटापन्न अवस्थामा पनि त्यो राष्ट्र आफुलाई ठिंङ्ग उभिन सक्छ ।

नब्बेको दशकमा सोभियत रुसमा राजनीतिक परिवर्तको कारण विषम परिस्थितिको सिर्जना भयो ।

चरम आर्थिक मन्दीको स्थिति देखा पर्‍यो, राज्य नियन्त्रित समाजवादी प्रणालीमा रहेको मुलुक बजार अर्थतन्त्रात्मक पुँजीवादमा प्रवेश गर्दा धेरै क्षेत्र डाँवाडोल भएको थियो ।

तर, त्यो अवस्था धेरै रहेन, छिट्टै रुसले आफुलाई पुनःस्थापित गर्न सफल भयो ।

त्यसको मुख्य कारण भनेको नै उसको कृषि प्रणाली मजबुद थियो ।

अहिले अमेरिका विश्व शक्तिसम्पन्न मुलुकको रुपमा रहेको छ ।

औद्योगिक क्षेत्रमात्र नभई अमेरिकाको पनि कृषि प्रणाली अत्यन्त मजबुद छ ।

वरिपरि शत्रुराष्ट्रहरुले घेरिएर पनि आफूलाई निरन्तर अरबको एक शक्तिसम्पन्न राष्ट्रको रुपमा उभ्याउन सक्ने इजराइल पनि कृषिको सम्पन्नताको कारणले बनेको हो ।

चीन विश्वको शक्तिसम्पन्न राष्ट्रको रुपमा निरन्तर प्रगति गर्दै जानुमा पनि उसको कृषि उत्पादन धेरै राम्रो भएकाले हो ।

हामी नेपाल कुनैबेला कृषि उत्पादन निर्यात गर्ने मुलुक थियौं ।

वि.सं. २०६६ सालमा आइपुग्दा ४४ अरब ४३ करोडको खाद्यवस्तु आयात गर्न थाल्यौं ।

अहिले त्यसको १० वर्ष पछिको अवस्था हेर्दा स्थिती यति भयावह भएको छ कि हरेक वर्ष १० प्रतिशतले कृषि उत्पादनको आयात बढ्दै गएको देखिन्छ ।

आ.व. ०७४/०७५ मा कृषि उत्पादन तेश्रो मुलुकबाट २ खरब १५ अरब ५० करोड बराबरको आयात गरेर हामी नेपालीले खाएछौं ।

यो भनेको प्रतिव्यक्ति सरदर ८ हजार हुन जान्छ भने विदेशमा गएर नेपाली युवाहरुले कमाएको रेमिट्यान्सको झण्डै ५० प्रतिशत हो ।

प्रकाशित भएको : April 11th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु