संसद बिघठन सहि छ भन्दै मन्त्रि बन्न संसद हल छिर्ने लाई भाटे कारबाही गर्छौं : पंचा सिंह

 

जनयुद्दका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा सहिद स्मृति स्पोर्टस स्कुल केन्द्रीय समितिले राखेको जूम बैठकलाई सम्बोधन गर्दै अनेरास्वबियू केन्द्रिय नेता पंचा सिंहले जनयुद्दको कारण नै देशले आज गणतन्त्र धर्म निरपेक्षेता समानुपातिक समाबेशी सबै जाति धर्म लिङ्ग क्षेत्र को उपस्थिति लगायतको उपलव्धि प्राप्त गरेको तर प्रतिगामीहरु त्यसलाई सकाउन लागि परेको ले लडाईको तरिका फरक परेको तर आज पनि लडाई उत्तीकै पेचिलो रहेको बताउनु भयो |
आज दिलबहादुर लगायत सम्पूर्ण सहिदहरुको रगत संग सातियाको सपना हुन् यि कुनी पनि हालत मा हामी यी उपलब्दी लाई गुम्न दिने छैनौ बरु हामी सहिदको अर्को कोटा पुरा गर्नु पर्ने अवस्था आयो भने पनि तयार छौ कुनै पनि प्रतिक्रियाबादिले सपना नदेखे हुन्छ उहाले भन्नु भयो |
यो प्रक्रिया लाई नै वा यो व्यवस्था लाई नै कोमा मा पुरायको थिय प्रधानमन्त्रीले हाम्रो निरन्तरको आन्दोलन दबाब र सर्बोच्च अदालतको न्यायले कोमा बाट फर्केको छ |हिजो संसद विघठन सहि छ प्रधानमन्त्रीले ठिक गर्नु भयो भनेर नियुक्ति र मन्त्रि खाने आज तेही प्रधानमन्त्रीलाई बहुमत पुर्याइदिने र फेरी पनि सरकारी तर मार्न जिब्रो लम्काउन खोज्ने हरु लाई अब हामीले जहाँ भेटिन्छ तेही भाटे कारबाही गर्छौं तब मात्र सहिद बेपत्ता हरुको भावनाले शान्ति पाउछ उहाले जोड दिदै भन्नु भयो |संस्थाको केन्द्रिय अध्यक्ष क्षितिज सापकोटाको अध्यक्षता मा भयको क्रार्यक्रमको समवन्वय संजय जैसी र स्वागत बिशाल तामांगले गरेका थिय |

प्रकाशित भएको : February 26th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु