प्रधानमन्त्रीले अरुण दिउ भारत संग सम्बन्ध सुधारौ भन्नु भयो दियौ :उर्जामन्त्री रायमाझी

 

काठमाडौं। यो संकटको बेला सबैतिर लड्ने होइन मिलायर लानु को विकल्प छैन अरुण तल्लो दियर सम्बन्ध बन्छ भने दिउ प्रधानमन्त्रीले भन्नु भयो हामीले दियौ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले भने |

देशको भू-राजनीतिक सन्तुलन मिलाउन ६ सय ७९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना भारतीय कम्पनीलाई दिएको बताएका छन्। शनिवार आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री रायमाझीले यस्तो बताएका हुन्।
‘यो आयोजना चीनलाई दिएको भए भारत र चीनको झगडा हुन्थ्यो,’ उनले भने, ‘दुई देशबीचको मित्रवत सम्बन्धलाई सन्तुलनमा राख्न यसो गरिएको हो।’ मन्त्री रायमाझीले तिब्बतको सिमानामा रहेको ४ सय ५० मेगावाटको अर्धजलाशय किमाथांका अरुण चिनियाँ कम्पनीलाई दिने आशय पनि व्यक्त गरेका छन्।
उनका अनुसार तल्लो अरुण भारत र किमाथांका चीनलाई दिएपछि भू-राजनीतिक शक्ति सन्तुलन कायम हुने र सरकारलाई टिकाउन बल पुग्नेछ। माघ १६ गते शुक्रवार बसेको लगानी बोर्डको ४६औँ बैठकले तल्लो अरुण भारतीय कम्पनी सतलज जलविद्युत् निगम लिमिटेड (एसजेभिएन लिमिटेड) लाई निर्माण गर्न दिने निर्णय गरेको छ।
सार्वजनिक-निजी साझेदारी अवधारणामा निर्माण गर्न दिने निर्णय भए पनि नेपालले त्यसबाट के कति सुविधा पाउने भन्ने उल्लेख गरिएको छैन। जबकि, एसजेभिएनले नै निर्माण गर्ने ९ सय मेगावाटको अरुण-३ मा २१.९० प्रतिशत निःशुल्क बिजुली दिने प्रावधान छ। सरकार टिकाउनकै लागि दुई छिमेकीलाई ठुला र महत्त्वपूर्ण आयोजना सुम्पिनु देशको ठुलो दुर्भाग्य हो।विगतदेखि सत्ता केन्द्रित राजनीति टिकाउन ठूला आयोजना भारत वा चीनलाई बुझाउने खेल हुँदै आएका छन्।

प्रकाशित भएको : February 28th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु