प्रधानमन्त्रीको अस्थिरता मच्चाउने चाल देशको हुने भयो बेहाल

 

काठमाडौं ।। सोमबार पोखरामा आफ्नो पक्षका कार्यकर्तालाई प्रशिक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला वा ज्यान तलमाथि भइहाल्यो भने पनि अनौठो नमान्न कार्यकर्ताहरूलाई ढाडस दिएका छन् प्रधानमन्त्री ओलीले पार्टीको नेतृत्वमा रहेका हुनाले, यस पार्टीलाई अघि बढाइरहेको हुनाले, सरकार प्रभावकारी र गतिशील ढंगले सञ्चालन गरिरहेको हुनाले, विकास निर्माणको कामहरूले गति लिइरहेको हुनाले आफूमाथि प्रहार केन्द्रित रहेको बताए |

उनको सुरक्षामा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी चौबिसै घण्टा तैनाथ हुन्छन् । यसका बाबजुद प्रधानमन्त्री कसरी असुरक्षित हुन सक्छन् ? देशको प्रमुख कार्यकारीले नै आफूलाई असुरक्षित महसुस गर्ने हो भने नेपाली जनताको सुरक्षा अवस्था कस्तो होला र उनीहरुले कसरी आफूलाई सुरक्षित महसुस गर्ने ? प्रश्न उठ्नु स्वाभाविक नै हो ।
‘म नरहे पनि केही छैन । आन्दोलन छ, पार्टी छ, यस आन्दोलनले प्रतिक्रियावादी तत्वका मतियारहरुसँग घुँडा टेक्नु हुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘देशको भविष्य अन्धकारमा जान दिन हुँदैन । यस पार्टीलाई तलमाथि पर्न दिन हुँदैन ।’
प्रधानमन्त्री ओली एक व्यक्तिमात्र होइनन्, देशको प्रमुख कार्यकारी पनि हुन् । यसर्थ उनका भनाइलाई कसैले हलुका रुपमा लिने धृष्टता गर्नु हुँदैन ।
देशको प्रमुख कार्यकारीसँग सिङ्गो राज्यसंयन्त्र छ । उनी प्रधानमन्त्री मात्र होइन, नेपाली सेनासमेत समेटिएको रक्षा मन्त्रालयको कार्यभार उनी स्वयंले सम्हालेका छन् । यस अतिरिक्त गुप्तचर संयन्त्रलाई उनले आफू मातहत नै राखेका छन् । उनको सुरक्षामा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी चौबिसै घण्टा तैनाथ हुन्छन् । यसका बाबजुद प्रधानमन्त्री कसरी असुरक्षित हुन सक्छन् ? देशको प्रमुख कार्यकारीले नै आफूलाई असुरक्षित महसुस गर्ने हो भने नेपाली जनताको सुरक्षा अवस्था कस्तो होला र उनीहरुले कसरी आफूलाई सुरक्षित महसुस गर्ने ? प्रश्न उठ्नु स्वाभाविक नै हो ।
नेपाली काँग्रेसका नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री नै असुरक्षित भएपछि अरुको सुरक्षा के होला भन्ने प्रश्न गरे । ‘प्रधानमन्त्रीले नै आफ्नो सुरक्षामा शंका गरेपछि अरुको सुरक्षा के होला भन्ने चिन्ताको विषय हो । सिंगो देशलाई शान्ति सुरक्षा मन्त्रिपरिषदले दिनुपर्छ,’ रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘अब प्रधानमन्त्रीजीले आफैमाथि सुरक्षा थ्रेट छ भनेपछि अरु सत्ता पक्षका नेताहरु, प्रतिपक्ष नेताहरु, नागरिक समाजका मानिसहरुको सुरक्षा झन् खतरामा परेको सन्देश गयो ।’
, ‘प्रधानमन्त्रीमाथि थ्रेट छ भनेपछि अरु धेरैका उपर सुरक्षा थ्रेट हुनुपर्छ । कुन विषयलाई लिएर के कारणले थ्रेट खडा भयो ? यसबारे प्रधानमन्त्रीजीले आम जनतालाई प्रस्ट पार्नुपर्छ ।’वर्तमान सरकारले नै पूर्वमन्त्रीहरू, नेताहरु आदिलाई दिइँदै आएको सुरक्षाको प्रबन्ध हटाएको उल्लेख गर्दै उनले अगाडि भने, ‘अहिले आएर स्वयं प्रधानमन्त्रीले आफैंमाथि सुरक्षा थ्रेट छ, खतरा छ भनेर विचारात्मक अभिव्यक्ति दिनुभएको छ । यसले झन् असुरक्षाको सन्देश गयो । यसले सिङ्गो राज्यलाई नै कमजोर पार्छ । मान्छेमा त्रास उत्पन्न भएको छ । यसबारे प्रधानमन्त्रीले थप प्रस्ट पार्नै पर्छ ।’
अर्का पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत पनि प्रधानमन्त्री ओलीको सो अभिव्यक्तिले सामान्य मानिसमा कस्तो प्रभाव परेको होला भन्ने प्रश्न गर्छन् । प्रधानमन्त्रीसँग विभिन्न स्रोतबाट सूचनाहरु आउन सक्ने भए पनि प्रधानमन्त्रीले जुन रुपमा विषय प्रस्तुत गरेका छन्, त्यो धेरै हलुकाखालको टिप्पणी भएको उनले बताए ।
‘राष्ट्रिय राजनीतिमा उहाँ (प्रधानमन्त्री) का कदमहरु गलत साबित हुँदै गएका छन्,’ उनले भने, ‘त्यसैले जनताबाट सहानुभूति बटुल्नका लागि उहाँले यस्तो कुरा गर्नुभएको हो कि भन्ने लाग्छ ।प्रधानमन्त्री ओलीले राजनीतिक फाइदाका लागि ‘इमोसनल ब्ल्याकमेलिङ’ गरेको हो भने त झन् त्यस ठाउँबाट गर्नै नहुने काम गरेको ठहरिने र त्यसले राम्रो सन्देश नदिने उनको भनाइ छ ।
नेकपाको ओली पक्षकै नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङ भने नेपालको आन्तरिक राजनीतिमा बेलाबखत भएका घटनालाई आधार बनाएर प्रधानमन्त्री ओलीले आफ्नो सुरक्षामा खतरा महसुस गरेको हुनसक्ने बताउँछन् ।
‘प्रधानमन्त्रीलाई रोस्टममै माइकले हानेको होइन र ?’ उनले भने, ‘प्रधानमन्त्रीलाई संसदमै आक्रमण भयो, त्यो स्वभाव, त्यो शैली अहिले पनि छ ।’
प्रधानमन्त्री ओलीप्रति असहिष्णु व्यवहार पहिलादेखि नै हुँदै आएको उनले बताए । ‘त्यो असहिष्णु व्यवहार हुँदा हुँदै पनि हामी एक ठाउँमा मिल्ने अवस्थामा पुगेका थियौं,’ उनले भने, ‘यस अर्थमा अहिले प्रधानमन्त्रीले आफ्नो सुरक्षामा खतरा रहेको कुरा भन्नुभएको हुन सक्छ । तर त्यस्ता खतराको डटेर सामना गरिन्छ ।’
राजनीतिक विश्लेषक हरि रोका गणतान्त्रिक नेपालको प्रधानमन्त्री भनेको एउटा व्यक्तिमात्र नभई देशकै प्रमुख कार्यकारी भएकाले त्यस्तो व्यक्ति सामान्य सुरक्षामा नरहने बताउँछन् ।
‘उहाँमाथि कहीँ कतैबाट खतरा म देख्दिनँ,’ उनले भने, ‘गणतान्त्रिक नेपालको प्रधानमन्त्री हुनु भनेको सबैभन्दा ठुलो कुरा हो नि ! प्रधानमन्त्रीलाई कसैले ज्यान मार्ने धम्की दिएकोजस्तो पनि मलाई लाग्दैन, आफ्नो बडप्पन देखाउनका लागि यस्ता कुरा गरेको हुनुपर्छ ।’
प्रधानमन्त्रीमाथि कहीँ कुनै अंकुश नरहेको उनले बताए । प्रधानमन्त्री ओलीले राजनीतिक प्रोपोगाण्डाको लागि आफूमाथि खतरा रहेको कुरा भनेको हुन सक्ने उनको भनाइ छ ।
‘उहाँमाथि कहीँ कतैबाट खतरा म देख्दिनँ,’ उनले भने, ‘गणतान्त्रिक नेपालको प्रधानमन्त्री हुनु भनेको सबैभन्दा ठुलो कुरा हो नि ! प्रधानमन्त्रीलाई कसैले ज्यान मार्ने धम्की दिएकोजस्तो पनि मलाई लाग्दैन, आफ्नो बडप्पन देखाउनका लागि यस्ता कुरा गरेको हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले रक्षामन्त्रालयको कार्यभारसमेत सम्हालेको उल्लेख गर्दै विश्लेषक रोकाले भने, ‘सेनाको कमाण्ड उहाँसँगै छ । प्रहरी, सशस्त्र प्रहरी उहाँसँगै छन् । उहाँसँग गुप्तचर छ । देशका सारा संस्था उहाँसँगै छन् । उहाँले नै आफूलाई असुरक्षित भन्ने हो भने यहाँ को सुरक्षित छन् ? उनीहरुलाई कसले सुरक्षा दिइरहेको छ ?’
प्रधानमन्त्रीको सुरक्षामा नेपाल प्रहरीको डिएसपीको नेतृत्वमा दुई जना प्रहरी निरीक्षक, अन्य जुनियर अधिकृतसहित करिब सय जनाभन्दा बढी संख्यामा प्रहरीको टोली खटिएको हुन्छ ।
यस्तै, नेपाली सेनाको प्रमुख सेनानीको नेतृत्वमा सयभन्दा बढी संख्यामा सैनिक अधिकृत, जुनियर अधिकृत तथा जवानहरु प्रधानमन्त्रीको सुरक्षामा तैनाथ हुन्छन् । अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयले प्रधानमन्त्रीको सुरक्षासम्बन्धी नेतृत्व गर्दछ ।
प्रधानमन्त्रीको सुरक्षामा ‘क्लोज रिङ’ भित्र सेनाकै टोली खटिएको हुन्छ । प्रधानमन्त्रीको सुरक्षामा तैनाथ सैनिकसँग अत्याधुनिक हतियारसमेत हुने भएकाले सुरक्षा दायरा त्यति कमजोर नहुने सेनाकै अवकाशप्राप्त एक अधिकारीले बताए ।
नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता सन्तोष बल्लव पौडेलले ‘विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७७ (संशोधित)’ को फ्रेमभित्र रहेर सेनाले प्रधानमन्त्रीलाई सुरक्षा दिने बताए । अति विशिष्ट व्यक्तिको सुरक्षाका लागि सेना सक्षम रहेको उनको भनाइ छ ।
यस्तै, प्रधानमन्त्रीको सुरक्षामा सशस्त्र प्रहरी बलको टोली पनि परिचालित हुन्छ । सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ देखि ४० जनाको टोली प्रधानमन्त्रीको सुरक्षामा खटिने प्रवक्ता राजु अर्यालले बताए ।यस अतिरिक्त राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि प्रहरीको सुरक्षाका निम्ति परिचालित हुन्छन् । समग्रमा प्रधानमन्त्रीको सुरक्षामा करिब तीन सय सुरक्षाकर्मी खटिएका हुन्छन् ।प्रधानमन्त्रीको सवारीको अग्रभागमा प्रहरीको मोटरसाइकलले स्कर्टिङ गर्दछ । त्यसपछि नेपाली सेनाको गाडी हुन्छ । सेनाको गाडी पछाडी प्रहरीको गाडी हुन्छ । त्यसपछि मात्र प्रधानमन्त्रीको गाडी हुन्छ । प्रधानमन्त्रीको गाडीभन्दा पछाडि प्रहरीको गाडी हुन्छ । पुछारमा सशस्त्र प्रहरीको एउटा गाडी हुन्छ ।

प्रकाशित भएको : March 2nd, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु