८ लाख फ्याँके फरार भए अख्तियारले भेटेन ओली निकट गाउँपालिकाका अध्यक्ष

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पिछा गरेपछि धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले आफ्नो गाडीमा रहेको ८ लाख रुपैयाँ फ्याँकेर भागेका छन् । राउत नेकपा (एमाले) बाट निर्वाचित भएका थिए । हाल उनी केपी ओली निकट नेकपामा छन्, जिल्लामा उनी रघुबीर महासेठ गुट निकट मानिन्छन ।

गाउँपालिकाको प्र २-०२-००१ झ ०००२ नम्बरको कालो रङले गाडीबाट ८ लाख रुपैयाँ धनुषाको छिरेश्वर नगरपालिका ५ मा बाटोमा फालेर राउत फरार भएका अख्तियार निकट स्रोतले जानकारी दिएको छ ।
राउतले भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग रकम मागेको सूचना पाएपछि अख्तियारको केन्द्रीय कार्यालयको टोली उनलाई खोज्दै पुगेको थियो । उनी फरार भएपछि अख्तियारले उनका गाडी चालक वीरबहादुर मगरलाई पक्राउ गरेको छ र गाडीबाट फ्याँकेको ८ लाख रुपैयाँ पनि बरामद भएको छ ।

प्रकाशित भएको : March 2nd, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु