ओली जी मेरो मा ट्वाइलेट उद्घाटन गर्नु पर्यो कहिले आउनुहुन्छ? खगेन्द्र संग्रौला

 

काठमाडौँ । पछिल्लो समय उद्घाटन र शिलान्यास कार्यक्रममा व्यस्त भइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखक खगेन्द्र संग्रौलाले घुमाउरो तरिकाले व्यंग्य गरेका छन् ।

लेखक संग्रौलाले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओलीलाई जति धेरै उद्घाटन गर्यो, उति ठुलो शासक हुन्छु जस्तो लागेको बताएका छन् ।

उनले ओलीप्रति कटाक्ष गर्दै आफ्नो टोलमा नयाँ सार्वजनिक शौचालय उद्घाटनको प्रतिक्षामा रहेको समेत उल्लेख गरेका छन् ।

यस्तै, संग्रौलाले ओलीसमक्ष पहुँच भएका व्यक्तिहरुलाई शौचालय उद्घाटनको निम्ता गरिदिन अनुरोध समेत गरे ।

पशुपति मन्दिरप्रति प्रधानमन्त्रीको धर्मलाई धर्मगुरुको उपमा दिँदै उनले यस्तो भनेका छन् ।

प्रकाशित भएको : March 2nd, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु