ओली समुहमा पहिरो , ओलीमा गनियका मेयर पनि प्रचण्ड – नेपाल समुहमा

 

२० फागुन, सुर्खेत । नेकपा दुई समुहमा बिभाजित भय पछि कार्यकर्ता मात्र होइन नेता संसद र मन्त्रीहरु नै पनि समूह परिवर्तन गरिरहेको छन् | ओली समूहमा गएका रासकोट नगरपालिका कालीकोटका मेयर काशीचन्द्र बराल फेरि प्रचण्ड–माधव समूहमै फर्किएका छन् ।राजनीतिक संस्कार हराएको प्रचण्ड–माधव समूहमा नबस्ने भन्दै बराल केही समय अघि ओली समूहमा गएका थिए ।

मेयर बरालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो विषयमा सञ्चारमाध्यमले अर्नगल प्रचार गरेको आरोप लगाएका छन् । र, आफू प्रचण्ड–माधव समूहमै रहेको विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
पार्टी नेतृत्व र कार्यकर्ताको भावनाको उच्च कदर गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपामै निरन्तर रहिरहेको विज्ञप्तिमार्फत उनले स्पष्ट पारेका छन् ।
यता, ओली पक्षीय नेकपा कालीकोटका सचिव नेश्नल शाहीले मेयर फर्किएको कुरा सामाजिक सञ्जालबाटै थाहा पाएको प्रतिक्रिया दिए ।

प्रकाशित भएको : March 6th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु