ओली क्याम्पमा भूकम्प ओली पक्षका ३ सांसद माओवादी केन्द्रमा

 

फागुन २७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका प्रदेश २ को नेकपा माओवादी केन्द्रका तीन सांसद पुरानै पार्टीमा फर्किएका छन् ।

प्रतिनिधिसभा विघट्नपश्चात ओलीको पक्षमा लागेका सांसदहरु कुन्दन कुशवाहा, रामचन्द्र मण्डल र मो. समिर माओवादीमै फर्किएका हुन् ।

प्रतिनिधि सभा विघटनसँगै तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विभाजन आउँदा उनीहरु प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका थिए । तर, सर्वोच्चको फैसलासँगै पार्टीहरु साबिककै अवस्थामा फर्किएपछि उनीहरु पुरानै पार्टी तर्फ फर्किएका हुन् ।

सञ्चारमाध्यमको कुराकानीमा सांसद कुशवाहाले आफुँ माओवादीमै रहेको बताएका छन् । उनका अनुसार प्रतिनिधि सभा विघटनको निर्णयसँगै देखिएको अन्यौंलतामा उनी ओली पक्षमा लागेका थिए । तर, सर्वोच्चको पछिल्लो निर्णयले बाटो स्पष्ट पारेको छ ।

यता प्रतिनिधि सभा विघटनको निर्णयसँगै ओली पक्षमा लागेकी ज्वाला कुमारी शाह भने ओली पक्षमै रहने बताएकी छिन् । उनले आफुँ विचारका आधारमा ओली पक्षमा गएको बताएकी छिन् ।
प्रदेश २ मा माओवादी केन्द्रका ११ सांसद छन् ।

अन्तिम पटक अपडेट गरिएको : March 15th, 2021,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु