
वैशाख आउदैछ । हिन्दु धर्मावलम्बीहरुले वैशाख महिना विवाह तथा व्रतबन्धको महिनाको रुपमा उपयोग गर्छन् । त्यसैले थुप्रैले वैशाख कुरेर बसेका हुन्छन् ।
तर, यो पटकको वैशाखमा डोटीको जोरायल गाउँपालिका–२ मा भने विवाह तथा व्रतबन्ध गरे कारवाही हुनेभएको छ ।
वडाकार्यालयले शुक्रवार एक सार्वजनिक सूचना जारी गरी ‘विवाह, व्रतबन्ध, मेला, भोजभतेर’ गर्न पूर्ण बन्देज गरेको जनाएको छ ।
अर्को सूचना जारी नभएसम्मका लागि यस्ता कामहरु बन्देज गरेको उल्लेख गर्दै सूचनामा यो नियमको पालना नभए नियमअनुसारको कारबाही गरिने जनाएको छ ।
‘वैशाखामा विवाह, व्रतबन्ध व्यापक हुने । जसमा ठुलो भीड लाग्ने हुन्छ,’वडाध्यक्ष मानबहादुर मल्लले भने,‘त्यसबाट कोभिड–१९को संक्रमणको जोखिम उच्च हुनेभएकाले यस्तो निर्णय गरेका हौ ।’
यस्तै विवाहको लागि साइत खोज्नेहरुका लागि अब यो वर्ष २० दिन बाँकी छ ।
माघ २, ४, १५, १६, १७, २१, २६, २७ र २९ तथा फागुन ४, ५, १३, १४, १५, १९, २५, २७, २८, २९ र ३० गते विवाहको लागि साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
अबको दुई महिनामा २० दिन लगनको साइत भए पनि अर्को वर्ष अर्थात २०७७ सालमा भने वर्षभरिमा जम्मा १८ दिन मात्र साइत रहेको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार आउँदो असोजमा मलमास परेकाले विवाहको लगन पनि कम मात्रै परेको हो ।
आउँदो वर्ष वैशाखमा ७ वटा, जेठ र मंसिरमा ४÷४ वटा तथा असारमा ३ वटा गरी १८ वटा मात्र विवाहको लगन छ ।
सम्बन्धित समाचार
२०७७ सालको दशैँ–तिहार २५ दिन पर धकेलियो
वैशाख १३, १४, १९, २०, २२, २३ र २५ गते, जेठ ४, ५, १० र ३१ गते, असार ११, १३ र १४ गते तथा मंसिर १६, २१, २२ र २६ गते मात्र विवाहको लागि साइत रहेको ढुंगेलले बताउनुभयो ।
असोजमा मलमास परेको र मंसिरपछि वृहस्पति र शुक्र अस्ताउने भएकाले माघ र फागुनमा विवाहको लगन नभएको उहाँको भनाई छ ।
मलमासमा विवाह, व्रतबन्ध, अन्नप्रशान लगायत शुभ काम गर्न नहुने धार्मिक विश्वास छ ।
मलमासकै कारण २०७७ सालको दशैँ र तिहार पनि झण्डै एक महिना पर धकेलिएको छ ।
नयाँ पात्रोअनुसार असोज महिनामा मलमास परेकाले दशैँ कात्तिकमा परेको नेपाल पञ्चाङग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार आउँदो वर्ष कात्तिक १ गते घटस्थापना परेको छ ।
यस्तै फूलपाती ७ गते, महाअष्टमी ८ गते, महानवमी ९ गते र विजयादशमी १० गते परेको उहाँले बताउनुभयो ।
यस्तै तिहार कात्तिक २८ गतेदेखि सुरु हुनेछ । २८ गते कागतिहार, २९ गते कुकुर तिहार र लक्ष्मीपूजा, ३० गते गोबर्द्धन तथा म्हपूजा र मंसिर १ गते भाइटीका परेको छ ।
मलमास नपरेको बेलामा दशैँ सामान्यतया असोज पहिलो हप्ता सुरु हुन्छ ।
प्रतिकृया दिनुहोस्