गण्डकी प्रदेश अध्यक्षमा संगिता बराल

 

गण्डकी प्रदेशमा सहिद तथा बेपत्ताका सन्तान संगठित भएका छन् ।

हालै भएको कार्यक्रमबाट प्रदेश अध्यक्षमा संगिता बराल चुनिइन् । कमिटीमा वरिष्ठ उपाध्यक्ष राजकुमार ढकाल, उपाध्यक्ष नेहा गुरूङ, सचिव रविन आले मगर र कोषाध्यक्ष कमल विक छन् ।

यस्तै सदस्यमा सुस्मिता बास्ताकोटी, अनिता कुमाल, हेमलाल पौडेल, जमुना बस्नेत, युवराज भुसाल, दीपेन्द्र विक र अनिता विक छन् ।
सहिद तथा बेपत्ता योद्धा सन्ततिहरूको साझा अभियान, बेपत्ताहरूको स्थिति सार्वजनिक र सहिदको राष्ट्रिय सम्मान भन्ने मुल उद्देश्यले फागुन २९ मा भएको भेलामा गण्डकीमा बाबाआमा गुमाउने, बेपत्ता भएकाका छोराछोरी सहभागी थिए । भेलामा सहिद परिवारका सदस्यसमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य निश्चल अधिकारी, जसपाका केन्द्रिय सदस्य टीकाराम पौडेल, बेपत्ता पूर्ण पौडेलकी आमा मोतिमाया पौडेल, फाउण्डेशनका केन्द्रिय सदस्य सुजन सापकोटा लगायत उपस्थित थिए ।
फाउण्डेशनको बिधान अनुरुप २१ सदस्यीय कमिटी बनाउन मिल्ने भएकाले अरु सदस्य प्रदेशका अन्य मिल्लाबाट मनोनित गरिने नवनिर्वाचित अध्यक्ष बरालले बताइन् । सस्थाले बेपत्ता र सहिद परिवार र उनीहरुका सन्तानको हकहितका लागि काम र मुलुकको आमूल परिवर्तनका लागि खबरदारी दुवै गर्ने उनले बताइन् ।

प्रकाशित भएको : March 16th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु