प्रमुख सेनानी विष्टको शव लिएर आइपुग्यो श्री एअरलाइन्स

 

हृदयाघातका कारण ज्यान गुमाएका एक नेपाली सैनिकको शव लिएर श्री एअरलाइन्सको जहाज सुडानबाट काठमाण्डौ आइपुगेको छ ।

जहाज बिहान सवा ८ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको गएको १७ गते शान्ति मिसनको ड्युटीकै क्रममा हृदयाघात हुँदा ज्यान गएको थियो ।

स्वार्गीय विष्टको शव लिन श्री एअरलाइन्सको नाइन एन ए एमबी कलसाइनको जहाज शनिबार सुडानका लागि उडेको थियो ।

स्वर्गीय बिष्टको आजै अन्त्येष्टि गरिने नेपाली सेनाले जनाएको छ ।

विष्टको शव ल्याउन संयुक्त राष्ट्रसंघको शान्ति मिसनले समन्वय गरेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो ।

प्रकाशित भएको : April 12th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु