सिटिजन लाइफ इन्सुरेन्स द्धारा मृत्यु बीमा दाबी भुक्तानी

 

\सिटिजन लाइफ इन्स्योरेन्सले जीवन बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गरि बीमित स्व. बिनिमाया तामाङ को लम्जुङ कव्होलासोथार गाउँपालिका वडा नं. ९ छापा स्थित घरमै पुगेर एक कार्यक्रम बिच सिटिजन लाईफ इन्स्योरेन्स का एरिया शाखा प्रबन्धक छवि लाल पौडेल ले मृतक का श्रीमान बिन्तोष गुरुङ लाई दाबी भुक्तानी रकम २१ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नु भयो ।

स्व.बिमिमाया तामाङ ले गत बर्ष को फाल्गुन मा २० लाख को बार्षिक अग्रिम भुक्तानी योजना बिमालेख लिनु भएको थियो |

बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गर्न आयोजित उक्त कार्यक्रममा गिलुङ आधरभुत बिद्यालय का प्रधानाध्यापक बलराम घिमिरे ले मृतक तामाङको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका थिए ।

कार्यक्रममा क्षेत्रीय शाखा प्रबन्धक छबिलाल पौडेलले कम्पनी र जीवन बीमाको महत्वको बारे प्रकाश पारेका थिए ।कार्यक्रममा कम्पनीका लेखनाथ शाखा का शाखा प्रमुख अशोक बराल ले भबितब्य/अप्ठ्यारो पर्दा खेरी को साथि भनेकै जीवन बिमा हो भनेर कार्यक्रम मा उपस्थित सम्पुर्ण लाई जानकारी गराएका थिय!उक्त कार्यक्रम मा एजेन्सी म्यानेजर अमृत सुवेदी ले बिमा को महत्त्व बुझाउनु भएको थियो ।

उक्त कार्यक्रम कम्पनीको लेखनाथ शाखा प्रमुख अशोक बराल ले संचालन गर्नु भएको थियो ।

प्रकाशित भएको : March 17th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु