भारतमा कोरोना संक्रमितले अस्पतालभित्रै आ’त्म’ह’त्या गरे

 

भारतमा एक जना कोरोना संक्रमित बिरामीले अस्पताल भित्र आ’त्म’ह’त्या गरेका छन् ।

आसामको नागांव जिल्लाका ३० वर्षीय पुरुषले महाराष्ट्रको गुवाहिटी मेडिकल कलेजको शौचालयमा घाँटी का’टेर आ’त्म’ह’त्या गरेका हुन् ।

उनी तबलिगी जमातसँग सम्बन्धित व्यक्ति रहेको भारतीय मिडियाहरुले जनाएका छन् ।

उनी नयाँदिल्लीको निजामुद्दिनमा आयोजित धार्मिक सभामा सहभागी भएका थिए ।

कोरोना भाइरससँग सम्बन्धित लक्षण दखिएपछि उनलाई ७ अप्रिलमा अस्पतालमा भर्ना गरिएको थियो ।

शुक्रबार उनमा कोरोना भाइरस पोजेटिभ भएको पुष्टि भएको थियो ।

त्यसपछि शनिबार उनले अस्पतालको शौचालयमा गएर घाँटी रे’टे’को बताइएको छ ।

शौचालयमा अचेत अवस्थामा भेटिएका उनको उपचारको क्रममा मृ’त्यु भएको चिकित्सकहरुले बताएका छन् ।

यसअघि भारतको नयाँदिल्लीस्थित सफदरगञ्ज अस्पतालमा भर्ना गरिएका एकजना कोरोना शंकास्पद विरामीले अस्पताल भवनबाट हामफालेर आ’त्मह’त्या गरेका थिए ।

महाराष्ट्र कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्य हो ।

महाराष्ट्रमा हालसम्म १७ सय बढी संक्रमित फेला परेका छन् भने एक सयभन्दा बढीको मृ’त्यु भइसकेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको ताजा विवरणअनुसार भारतभर कोरोनाबाट मृ’त्यु हुनेको संख्या २७३ पुगेको छ ।

भारतभर ८ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

बितेको २४ घण्टामा भारतमा ९ सय ९ जना नयाँ संक्रमित फेला परेका छन् भने ३४ जनाको मृ’त्यु भएको छ ।

हालसम्म ७१६ जना उपचारपछि निको भइसकेका छन् ।

प्रकाशित भएको : April 12th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु