नेपालकाे आर्थिक वृद्धिदर १.५ प्रतिशतमा झर्छ : विश्व बैंक

 

विश्व बैंकले कोरोना संकटका कारण नेपाली अर्थतन्त्रमा नराम्रो धक्का पुग्ने प्रक्षेपण गर्दै त्यसले आर्थिक वृद्धिदरमा समेत उच्च गिरावट आउने आँकलन गरेको छ ।

आइतबार दक्षिण एसियाली क्षेत्रको आर्थिक अवस्थाबारे एक रिर्पोट सार्वजनिक गर्दै विश्वबैंकले आर्थिक वृद्धिदरमा उच्च गिरावट आउने प्रक्षेपण गरेको हो ।

२०२० मा परेको असर न्यूनीकरणमा बढी ध्यान दिनुपर्ने भएकाले यसले आगामी दुई आर्थिक वर्षको आर्थिक वृद्धिदरमा समेत असर पुग्न जाने विश्व बैंकले उल्लेख गरेको छ ।

यसअघि एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर ४.३ देखि ५.३ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरेको थियो ।

दुई बहुराष्ट्रिय निकायको अनुमानमा भने ठूलो अन्तर देखिएको छ ।

यद्दपि कोरोनाले अर्थतन्त्रमा पर्ने गहिरो प्रभावको संकेत भने विश्व बैंक र एसियाली विकास बैंक दुबैले गरेका छन् ।

विश्व बैंकका अनुसार भारत, भूटान, बंगलादेशको आर्थिक वृद्धिसमेत कोभिडले प्रभावित हुने भएको छ ।

माल्दिभ्सको अर्थतन्त्र १३ प्रतिशतसम्म ऋणात्मक हुने भएको छ ।

अफगानिस्तान, श्रीलंका र पाकिस्तानको आर्थिक वृद्धिदरसमेत ऋणात्मक हुने अनुमान बैंकको छ ।

दक्षिण एसियामा पर्यटनमा आधारित मुलुकहरुको अर्थतन्त्र सबैभन्दा बढी धरासायी हुने विश्व बैंकले उल्लेख गरेको छ ।

खासगरी रेमिट्यान्समा आउने कमी, व्यापार र पर्यटनमा परेको प्रभावले आर्थिक वृद्धिमा कमी आउने छ ।

कोभिड १९ कारण सीमा नाकामा हुने अवरोधले पनि आर्थिक गतिविधि प्रभावित हुने विश्व बैंकको भनाई छ ।

कोभिड १९ को असर लामो समय बढ्दै जाँदा औद्योगिक उत्पादन र त्यसको खपतमा आउने कमी आउने भएको छ ।

कोभिड १९ ले कम आयस्रोत भएका व्यक्तिको जीवनमा अझ नराम्रो पार्दै गएको विश्व बैंकले उल्लेख गरेको छ ।

यो अवस्था दक्षिण एसियाकै सबै मुलुकमा समान तरिकाले देखिएको छ ।

आतिथ्य सेवा, खुद्रा व्यापार र अनौपचारिक क्षेत्रमा काम गर्ने मानिसहरु कोभिडले बढी प्रभावित हुने भएका छन् ।

दक्षिण एसियाली क्षेत्रमा रहेको सामाजिक असमानताका कारण धनी र गरिब बीचको खाडल अझ बढी देखिने बैंकले उल्लेख गरेको छ ।

साथै, गरिबीको संख्यामा पनि उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ ।

कोभिड १९ ले खाद्य सुरक्षामा समेत उत्तिकै चूनौति पु¥याउने विश्व बैंकको भनाई रहेको छ ।

लकडाउन खुलेसँगै यस भेगका सरकारहरुले अर्थव्यवस्थालाई माथि उकास्न संयुक्र प्रयासको आवश्यकता समेत औंल्याइएको छ ।

लगानी आकर्षित गर्दै कोभिडले पारेको खाडल पुरा गर्न सरकारहरुले उचित नीति ल्याउनु पर्ने सुझाव समेत विश्व बैंकले दिएको छ ।

अर्थतन्त्रमा परेको प्रभाव परिपूर्तिका लागि सरकारहरुले बहुराष्ट्रिय वित्तीय संस्थाहरुसँग पनि उत्तिकै समन्वय गर्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।

News Source

प्रकाशित भएको : April 12th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु