महिलालाई जिउँदै खाल्टोमा पु,रे पछि आक्रोसित जनाताले डोजरमा आ,गो लगाय चालक भारत बाट पक्राउ परे चालक

 

६ चैत, काठमाडौं । धादिङको त्रिपुरासुन्दरी–१, सल्यानटारमा महिलालाई जिउँदै खाल्टोमा पु;रेर डोजर चालक भारत भागेको पाइएको छ ।
जिल्लाको खोल्सी जिपजिपेमा १७ फागुनमा घाँस बोकेर घरतिर फर्किँदै गरेकी ४५ वर्षीया सरस्वती कुमाल खाल्डोमा खसेकी थिइन् । त्यसपछि बाटो खन्दै गरेका डोजर चालक भीमबहादुर बुढाथोकीले उद्दार गर्नु साटो वरिपरीको माटो ल्याएर उनलाई खाल्डोमा पुरिदिएका थिए ।

तर, स्थानीयले थाहा पाएलगत्तै दाङ घर भएका डोजर चालक भीमबहादुर बुढाथोकी फरार भएर भारत पुगेको पाइएको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक सहकुलबहादुर थापाले बुढाथोकी भागेर नेपालगञ्ज हुँदै भारत गएर लुकेर बसेको बताए ।

‘सुरुमा दाङ गएका उनी आफन्तसँग पैसा लिएर भारतको हरियाणा पुगेको पाइएको छ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) थापाले भने, ‘हरियाणामा रहेका आफन्तले उनी महिलाको ह;त्या गरी भागेको थाहा पाएपछि आत्मसमर्पण गर्न सुझाएका थिए ।’ त्यसपछि हरियाणा छाडेर हरिद्वार पुगेको पाइएको थापाले बताए ।

प्रहरीले उनी त्यहाँ बसेको थाहा पाएपछि पक्राउ गर्न विशेष टोली खटाएको थियो । र, भारतीय प्रहरीसँगको समवन्यमा उनलाई पक्राउ गरेर नेपाल ल्याएको हो । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, धादिङबाट कर्तव्य ज्यान सम्बन्धी कसूरमा विस्तृत अनुसन्धान हुनेछ ।

प्रकाशित भएको : March 19th, 2021

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु