मोहम्मद आफताव आलम अहिले कहाँ छन ?

 

हाल आलम नख्खु कारागारमा जेलजीवन बिताइरहेका छन् ।

राजपुर फरदवाका ५७ वर्षीय मोहम्मद अफताव आलम काका सेख इद्रिसको प्रभावबाट राजनीतिमा लागेका हुन् ।

बीएस्सीसम्म अध्ययन गरेका आलम रौतहट क्षेत्र नम्बर २ मा कांग्रेसका तर्फबाट चारपटक सांसद पदमा विजयी भएका थिए ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका उनी २०५४ सालमा भौतिक योजना तथा निर्माण सहायकमन्त्री, २०५७ मा वनमन्त्री, २०५८ मा भूमि सुधार र २०६५ मा श्रम तथा यातायातमन्त्री भएका थिए ।

असोज २६ गते (घटनाको १२ वर्षपछि) रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलम पक्राउ परे ।

२०६४ चैत २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनलाई रौतहटको इद्रिस गेट अगाडिबाट पक्राउ गरेको थियो ।

एक कार्यक्रममा सहभागी भएर फर्किँदै गरेका सासंद आलमलाई प्रहरीले बाटोबाटै नियन्त्रणमा लिएको तत्कालिन रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्री बताउँछन् ।

सांसद आलम पक्राउ परेपछि नेपाली काँग्रेसका सांसददेखि नेताहरु प्रहरी र सरकारको विरोधमा उत्रिए ।

काँग्रेसका सांसदहरुले संसद नै अवरुद्ध पारे । सांसद जस्तो व्यक्तिलाई प्रहरीले बिना कुनै सूचना बाटोबाटै जबरजस्ती पक्राउ गरेको भन्दै विरोध जनाएका थिए ।

सामाजिक सञ्जालदेखि नेपाली काँग्रेसद्धारा आयोजित प्रत्येक कार्यक्रममा बोल्दा काँग्रेसका शीर्ष नेतादेखि कार्यकर्ताहरुले आलमको बचाउबारे बोल्थे ।

विरोधका बाबजुद आलमलाई जिल्ला अदालत रौतहटले कात्तिक २९ गते पुर्पक्षका लागि जेल चलानको आदेश दियो । न्यायाधीश दीपक ढकालको एकल इजलासमा ८ दिन चलेको थुनछेक बहसपछि अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

अदालतको आदेशलगत्तै उनलाई रौतहट जिल्ला कारागार चलान गरिएको थियो ।

तर, सुरक्षाको कारण देखाउँदै सोही दिन राती आलमलाई नख्खुस्थित नख्खु कारागार ल्याइएको थियो ।

प्रकाशित भएको : April 12th, 2020

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु