चितवनका ३० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण परीक्षण गरिँदै

 

चितवनको भरतपुरस्थित भरतपुर कोरोना अस्पताल र जिल्लाका विभिन्न अस्पतालका चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको परीक्षण हुने भएको छ ।

उनीहरुको स्वाब परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ ।

भरतपुर अस्पतालका अध्यक्ष एवम् कोरोना अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारी, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष अनिलबिक्रम कार्कीसहित ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीको कोरोना भाइरस संक्रमण भए/नभएको हेर्न नमूना परीक्षणका लागि भरतपुर कोरोना प्रयोगशालामा पठाइएको हो ।

चैत ७ गतेदेखि अहिलेसम्म काम २१ दिन काम गरेकाहरुको मात्र स्वाब संकलन गरेर पठाइएको हो । उनीहरूको आइतबार राति वा सोमबारसम्ममा रिपोर्ट आउने जनाइएको छ ।

भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा सुरुवातदेखि नै अग्रभागमा रहेर काम गरेकाहरुमा जोखिम उच्च रहेकोले स्वाब परीक्षणका लागि पठाइएको अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले बताए ।

चितवनको कोरोना अस्पताल र भरतपुर अस्पतालबाट अहिलेसम्म पठाइएका सबै नमूनामा कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

यो पनि पढ्नुहोस्

कोरोना संक्रमित देखिएपछि छपकैया सिल

प्रदेश-२ सरकारले वीरगञ्ज महानगरपालिका छपकैयामा भारतबाट आएर बसेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि उक्त क्षेत्रलाई पूर्ण रूपले सिल गर्ने निर्णय गरेको छ।

मस्जिदमा बसेका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण फेला परेपछि थप व्यक्ति संक्रमित हुन सक्ने अवस्था आउन नदिन प्रदेश-२ को सरकारले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका ३ छपकैयास्थित मस्जिद र उक्त आसपासको क्षेत्रलाई पूर्ण रूपले सिल गर्ने निर्णय गरेको हो।

उक्त क्षेत्रमा आवतजावत समेत बन्द गर्दै उक्त क्षेत्रका व्यक्तिहरूको कोरोना परीक्षण गर्ने कामलाई तीव्रता दिइएको समाजिक विकास मन्त्रालय प्रदेश नं.२ का सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए।

छपकैयास्थित एक मस्जिदमा बस्दै आएका २४ जनाको स्वाब परीक्षण गर्दा त्यसमध्ये तीन जना भारतीयमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो।

यो पनि पढ्नुहोस्

क्वारेन्टाइनमा रहेका भारतीयमाथि नेपाली सेनाको निगरानी

वीरगन्जको सिद्धार्थ माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा राखिएका भारतीयहरूमाथि नेपाली सेनाले निगरानी गरिरहेको छ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले विपद्का बेला नेपाली सेना परिचालन हुन सक्ने व्यवस्थाअनुसार सिद्धार्थ माविमा सेनालाई पठाइएको बताए।

‘अहिले त्यहाँ सेनाले पनि निगरानी गरिरहेको छ,’ उनले भने।

पर्सा प्रशासनले शुक्रबार र शनिबार छपकैया र घुसुकपुरका मस्जिदमा बसेका भारतीयहरूलाई क्वारेन्टाइनमा पठाएको थियो।

यसअघि छपकैयाको मस्जिदमा बसेका २४ जनामा कोरोना छ कि छैन भनेर स्वाब परीक्षण गरिएको थियो।

तीमध्ये तीन जनाको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइएको छ।

उनीहरूलाई अहिले नारायण उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ।

अन्तिम पटक अपडेट गरिएको : April 18th, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु